
गत फागुन १० गते राजधानीको केन्द्र बशन्तपुरस्थित एक ट्युशन सेन्टरमा पढ्दै गरेका सिमा बस्नेत र संगिता मगरलाई एसिड प्रहार गरी घाइते बनाइएको थियो । दुवैको अहिले अस्पतालमा उपचार भइरहेको छ। एसिड प्रहारबाट घाइते सीमाले बुधबार प्रधानमन्त्रीलाई चार पृष्ठ लामाे पत्र लेख्दै अभियुक्तलाई पक्राउ गरी फाँसी दिन माग गरेकी थिइन् ।
एसिड प्रहार गर्ने अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै सरकार तथा प्रहरीको संसदीय समिति तथा नागरिक समाजबाट कडा आलोचना भएको थियो । एसिड घटनाबारे अनुसन्धान गर्न एसपी मिरा चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
Source-annapurnapost.com