तिला नदी किनारमा बस खस्दा १८ को मृत्यु - nponnews
Headlines News :
Home » » तिला नदी किनारमा बस खस्दा १८ को मृत्यु

तिला नदी किनारमा बस खस्दा १८ को मृत्यु

Written By Unknown on Monday, 16 March 2015 | 12:11

दुई जना सकुशल बचे

२ चैत, जुम्ला । जुम्लाको रारालिहीमा सोमबार विहान भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दुई जना भने शकुशल बचेका छन् ।
सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको ना ४ ख ४९७० नम्बरको बस विहान साढे ९ बजेतिर रारालिही गाविस-१ मा सडकबाट झण्डै तीन सय मिटर तल तिला नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

झण्डै ७० डिग्रीको जस्तो ठाडो भिरमा बस खसेपछि बस भिरमा ठोक्किँदै नदी किनारमा बजारिएको थियो । नदी किनारमा ठूलठूला ढुंगाहरु छन् । दुर्घटनामा १३ जनाको घटनास्थलमै र ५ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ईन्द्रबहादुर साउदले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलका अनुसार दुर्घटनाको कारण खुलेको छैन । तर, प्राविधिक हुन सक्ने अनुमान गरिएको छ । ‘अहिलेसम्मको जानकारी अजुसार ओभर लोड, चालकले मादक पदार्थ सेवक वा घुम्ती भएका कारण केही होइन’ प्रजिअ पौडेलले अनलाइनखबरसँग भने-‘हामीले हेर्दा स्टेरिङले काम नगरेर हो की भन्ने देखिन्छ ।’
बस सदुमुकामबाट छुट्दा २७ यात्रु, चालक, सहचालक र बसका मालिक गरी ३० जना थिए । बाटोमा दुई जना मात्र यात्रु थपेको पाइएको छ ।
दुई जना सकुशल बचे
बस दुर्घटनामा दुई जना भने सकुशल बचेका भएका छन् । प्रजिअ पौडेलका अनुसार एक जना दुर्घटनापछि मोटरसाइकल चढेर घर गएका छन् । अर्को एकलाई प्रजिअसहितको टोलीले अस्पतालमा भेटेको थिए । उनका अनुसार बस हेर्दाहेदै छेउतिर हुँदै भिरमा खस्न पुगेको थियो ।
मृतक सबैको शनाखत
दुर्घटनामा बसका चालब र सहचालकसहित १८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जुम्लाको महावै पातरखोला-९ का २१ वर्षीया देवु रोकाया, उनका तीन महिनाको छोरा, सोही वडाका १४ वर्षीय जितेन्द्र अधिकारी, कालिकाखेतु-९ का ३५ वर्षीय रतन शाही र कालिकाखेतु-१ का २० वर्षीया धनलक्ष्मी न्यौपाने छन् ।
तातोपानी-४ का सहचालक १७ वर्षीय रण कामी, सनिगाउँ-८ का २५ वर्षीय चालक सागर बुढा, सनिगाउँ-२ का ५२ वर्षीय लालविरे शाही र उनका ६ वर्षीय छोरा विजय र सनिगाउँ-५ का ४२ वर्षीया रती रोकाया पनि दुर्घटनामा ज्यान गएको छ ।
यस्तै खराकोट ६ का २६ वर्षीय राजबहादुर बुढा, बड्की-९ का ४० वर्षीया पम्फादेवी रावत, २० वर्षीय पुष्पराज आचार्य र ११ वर्षीय बिजु रोकायाको पनि बस दुर्घटनामा मृत्यु भएको छ । कालिकोटको फुकोटका २५ वर्षीय नवराज तिरुवा, कालिकोटकै फोइमहादेव-४ का ५५ वर्षीया काली बुढा, सोही वडाकै ५० वर्षीया रेशमकला बुढा र सोही वडाकै अर्का सहचालक २५ वर्षीय हर्क बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीन घाइतेलाई कोहलपुर ल्याइयो
दुर्घटनामा गम्भीर घाइते भएका मध्ये जुम्ला सनिगाउँ-९ का २४ वर्षीया हिमाली रोकाया, ३५ वर्षीया शिवकली रोकाया र चन्दननाथ नगरपालिका-९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
अन्य घाइतेहरुको जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nponnews - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger