सुभाषप्रसाद साह
३ चैत, बारा । कलैयाकी ७ बर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा बारा जिल्ला अदालतले कन्हैया गुप्तालाई सर्वश्वसहित ३५ बर्ष कैद सजाय सुनाएको छ ।
यधीश लिप्तबहादुर थापा क्षेत्रीको एकल इजलासले कलैया-४ का २८ बर्षीय गुप्तालाई दोषी ठहर गर्दै दुई लाख क्षतिपुर्ति भराउन आदेश दिएको छ । आफ्नो छोरीको हत्यारालाई अदालतले कारवाही गरेकोमा मृतककी बुवा बद्रीनारायणले खुसी व्यक्त गरेका छन् ।
प्रहरी नियन्त्रणमा कन्हाइ गुप्ता |
अदालतले गुप्तालाई जबरजस्ती करणी गरेको ठहर गर्दै १५ बर्ष कैद र पीडित परिवारलाई दुईलाख क्षतिपुर्ति भराउन भनेको छ । कर्तब्य ज्यानको अभियोगमा सर्वश्वसहित २० बर्ष कैद सजायको फैसला भएको बारा जिल्ला अदालतका श्रेष्तेदार रोशन भट्टराईले बताए ।
बारा जिल्ला अदालतले मुद्धाको संवेदनशीलतालाई मध्यनजर गर्दै बलात्कारको मुद्धालाई लगातार सुनुवाई प्रक्रियामा लगेर एक दिनमै फैसला गरेको श्रेष्तेदार भट्टराईले बताए । उनका अनुसार अभियुक्तले कसुर स्वीकार गरेकोले कर्तव्य ज्यान मुद्दामा समेत दिन फैसला गरेको हो ।
गत फागुन ८ गते हराएकी कलैया-८ निवासी बद्रीनारायण साहकी ७ बर्षीया छोरीको बलात्कारपछि हत्या भएको थियो । ९ गते बिहान श्री ३ चन्द्र उच्च माविको दक्षिण पटि बलात्कारपछि अचेत अवस्थामा फेला परेकी उनको उपचारका क्रममा २५ गते मृत्यु भएको थियो ।
बलात्कारीलाई कारवाहीको माग गर्दै कलैयासहित देशका विभिन्न संस्थामा प्रदर्शन भएको थियो ।