nponnews: migrant
Headlines News :

Test Footer

Latest Post

Showing posts with label migrant. Show all posts
Showing posts with label migrant. Show all posts

कामदारबारे बुझ्न संसदीय टोली मलेसियामा

Written By Unknown on Tuesday, 17 March 2015 | 19:00

  • अविलम्ब श्रम सम्झौता गर्न सुझाव
क्वालालम्पुर, चैत्र ४ - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र मलेसियास्थित नेपाली संघसंस्थाका प्रतिनिधिबीच सोमबार अन्तर्क्रिया भएको छ । सभापति प्रभु शाहको नेतृत्वमा आएको टोलीलाई मलेसिया सरकारसँग यथासक्य चांडो श्रम सम्झौताका लागि पहल थाल्न सुझाव दिएको छ ।

'श्रम सम्झौता नहुंदा पीडित नेपालीको समस्या समाधान गर्न र उनीहरुका पक्षमा लड्न समेत समस्या भइरहेको छ,' कार्यक्रममा सहभागीहरु अधिकांशको भनाइ थियो 'त्यसैले सबभन्दा पहिले त श्रम सम्झौता गर्नुपर्‍यो । त्यसपछि अन्य समस्या यसैअन्तर्गत समाधान हुंदै जान्छ ।' भ्रमण विवादमा परेपछि त्यसलाई उपलब्धिमूलक बनाउन उनीहरुले प्रयास गरिरहेको दूतवाासका कर्मचारीहरुले जानकारी दिएका छन् ।

उनीहरु आफ्नै खर्चमा बसेको भनिए पनि भ्रमण के कस्तो तवरले भएको भन्नेमा दूतावासले अनभिज्ञता ब्यक्त गरेको छ । 'उहाँहरु आउनु भएको छ । जानकारी लिनु भएको छ । के कस्तो खर्चमा आउनु भयो त्यो जानकारी भएन । होटमा बस्नु भएको छ । खर्च उहाँहरुले नै ब्यहोर्नु होला यसबारेमा जानकारी भएन' राजदूत निरन्जनमान सिंह बस्न्यातले कान्तिपुरसंग टेलिफोनमा बताए ।

टोलीलाई दुतावासमा कर्मचारी कम भएकाले पनि सेवा दिन ढिलाई एवं कठिनाइ भइरहेकोबारे समेत अवगत गराइएको थियो । अधिकांश नेपाली मलेसिया आउनुअघि नेपालदेखि नै ठगिने गरेको, मलेसिया आइसकेपछि सम्झौता अनुसार काम, तलबसुविधा नपाउने र कानुनी हैसियत गुमाउने गरेको भन्दै कामदार असुरक्षाबारे समेत जानकारी गराइएको थियो । टोलीमा समितीका बलबहादुर केसी, सोमप्रसाद पाण्डेय, भरत बहादुर खडा, कमलादेवी शर्मा, जितेन्द्र नारायण देव, सचीव शान्तकुमार तुलाधर, रमेश कोइराला लगायत छन् ।

परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड््ड्यन मन्त्रालयको कामकारबाही समेत हेर्ने अधिकार पाएको यो समितीको टोली अध्ययन भ्रमणका क्रममा मलेसिया आएको यो पहिलोपटक हो । टोलीले नेपाली दुतावासको कार्यालय, सेवा प्रणाली र व्यवस्थापकीय अवस्थाको अवलोकन गर्नुका साथै केही सेवाग्राही नेपालीसित उनीहरुको समस्याबारे बुझेको थियो । ती सेवाग्राहीले सम्झौता अनुसार काम र तलबसुविधा नदिइएपछि आफु कम्पनी छाडेर भाग्न बाध्य भएको उनीहरुलाई बताए ।

नेपाल र मलेसियाबीच स्न २००७ देखि नै श्रम सम्झौता गर्ने पहल भएपनि हालसम्म यस मुद्दाले सफलता पाउन सकेको छैन । श्रम सम्झौता नहुंदा नेपाली कामदार धेरैखाले समस्यामा पर्दै आएका छन् । मलेसियामा कार्यरत नेपालीका समयमा तलब नपाउने, काम र तलबसुविधा फरक पर्ने, सम्झौताविपरित काम लगाउने, विभिन्न शीर्षकमा रोजगारदाताले तलब काट्ने, सामान्य कारण पनि स्वास्थ्य परिक्षणमा अयोग्य देखिने, दुर्घटना हुंदा बिमा नपाउने, सुतेकै अवस्थामा मृत्यु हुने, होस्टल व्यवस्थित नहुने र कामदार लुटिने, पिटिने लगायत अनेक समस्याहरु देखिने गरेका छन् ।

टोलीले मलेसियाका सरकारी निकायका अधिकारीहरुसित समेत भेटघाट गर्दैछ । उक्त भेटघाटमा श्रमसम्झौता, नेपाली कामदारका समस्याबारे छलफल समेत गरिने टोलीका समितिका सभापति प्रभु साहले जानकारी दिए । 'हामीले तपाईंहरुबाट लिइएको यी यावत समस्याबारे मलेसियाको सरकारी निकायसित छलफलमा राख्नेछौं ।' सभापति साहले भने 'त्यसपछि यी समस्या समाधानका लागि नेपालमा मन्त्रालयमा राख्छौं । हामी काम गर्छाैं ।'

यसअघि पनि नेपाल मानवअधिकार आयोगदेखि श्रम मन्त्रालयका अधिकारीहरुसमेत मलेसिया भ्रमणमा आएका थिए । तर उपलब्धि हासिल गराउन नसक्दा मलेसियास्थित नेपालीले उनीहरुको आलोचना गर्ने गरेका छन् । नेपाली कामदारको अवस्था र समस्याबारे बुझ्न पटक पटक सरकारी निकायका अधिकारी आउने गरेपनि मलेसियामा नेपाली कामदारका पक्षमा खासै उपलब्धि हासिल हुन सकेको छैन । तीन दिने अध्ययन भ्रमणपछि या यो टोलीले प्रतिवेदन तयार पारी मन्त्रालयलाई सल्लाह दिनेछ । दुतावासमा भएको अन्तरक्रियामा यहांस्थित नेपाली संघसंस्थाका प्रतिनिधी, व्यवसायी, श्रमिक र संचारकर्मी सामेल थिए ।

मोरङ बेलबारीका सुरेश नेपालले कोरियामा गरे आत्महत्या

Written By Unknown on Saturday, 14 March 2015 | 03:28

मीनप्रकाश उप्रेती

सउल । वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका  मोरङ  बेलबारीका २३ वर्षीय सुरेश नेपालले आत्महत्या गरेका छन् । केही दिनअघि मात्रै झापा धुलाबारीका छबिलाल भण्डारीले आत्महत्या गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपालले आत्माहत्या गरेको जनाईएको छ । आठ महिनाअघि कोरिया आएका नेपाल  छन्जु क्षेत्रमा गाईफर्ममा काम गर्दै आएका थिए ।
नेपाललाई उनी काम गर्ने नजिकैको रुखमा झुण्डिएको अवस्थामा स्थानीयबासीले शुक्रवार दिउँसो फेला पारेका थिए । उक्त गाई फर्ममा नेपालीहरुमा  सुरेशले मात्रै काम गर्दै आएका थिए ।
घटनाको जानकारी पाउन साथ श्रमसहचारी अनिल गुरुङ्ग र मोरङ डाईनमिक कमिटीका अध्यक्ष डा. देवीबहादुर बस्नेतले शनिबार घटनास्थलमा पुगी जानकारी लिएका छन् ।
शरीरमा कुनै चोटपटक नदेखिएको र घाँटीमा मात्र डोरीको डाम देखिएको श्रम सहचारी गुरुङ्ले बताए । प्रहरीको निगरानीमा  स्थानीय हस्पिटलमा राखिएको नेपालको शव आवश्यक प्रक्रिया पुरा गरी चाँडै नेपाल पठाईने गुरुङले बताए ।
श्रोत : Onlinekhabar.com

गोर्खालीकी छाेरी लानुमा जवेगू बेलायतको राष्ट्रिय च्याम्पियनसीपका लागि छनोट

Written By Unknown on Friday, 13 March 2015 | 19:21

लण्डन । पूर्व गोरखा सैनिक सुवास जवेगूकी छोरी लानुमा जवेगू बेलायतकाे राष्ट्रिय च्याम्पियनसीपका लागि छनोट भएकी छन् ।
बेलायतमा जन्मे हुर्केकी १४ वर्षीया लानुमा गत सोमबार युकेको लुटनमा आयोजित पूर्वी काउन्टीहरुको एक्रोब्याटिक जिम्नाष्टिक प्रतियोगितामा उत्कृष्ट भएकी हुन् ।
बेलायतको बेडफोर्डसियरमा बसोबास गर्ने लानुमाले आगामी मे १६ र १७ मा स्ट्रोक अन ट्रेण्टमा हुने एनडीए (नेशनल डेभलपमेण्ट प्लान) फाइनलमा बेलायतको पूर्वी काउन्टीहरुको प्रतिनिधित्व गर्दैछिन् ।
प्रतियोगितामा बेलायतका इष्ट, इष्ट मिडल्याण्डस्, लण्डन, नर्थ, नर्थ वेष्ट, साउथ, साउथ इष्ट, साउथ वेष्ट, वेष्ट मिडल्याण्डस्, योर्कसियर गरी १० तथा स्कटल्याण्ड, वेल्स, नर्देन आयरल्याण्ड र आइल अफ म्यान गरी चार अन्य क्षेत्रबाट प्रतिस्पर्धीहरु आउने बेलायतको न्यूज साइट वी नेपाली ले जनाएको छ ।
करिब ६ वर्षको उमेरदेखि नै लानुमाले जिम्नाष्टिक खेलमा रुची राख्दै आएकी थिइन् । अहिले हप्ताको चार दिन जिम्नाष्टिकमै बिताउने जीसीएसईकी विद्यार्थी लानुमाले आइतबार, मंगलबार, विहीबार र शुक्रबार गरी साताको करिब साढे १० घण्टा तालिममा बिताउने गरेको उनको बाबु सुभाष जवेगूले बताए ।
lanuma-jabegu-2११ देखि १४ वर्ष उमेर समूहबाट खेल्ने लानुमा स्थानीय ट्रष्ट नामक क्लवमा आवद्ध छिन् । लानुमाले अहिलेसम्ममा स्थानीयस्तरमा धेरै प्रतिस्पर्धाहरु जितिसकेकी छिन् ।
यसैवर्ष इटलीमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उनले काँस्य पदक जितेकी थिइन् । गतवर्ष भने उनले राष्ट्रिय च्याम्पियनसीप प्रवेश गर्न असफल भएकी थिइन् । यसपटक राम्रो ‘पार्टनर’ परेकाले ‘नेशनल च्याम्पियन’ हुनेमा उनी आशावादी देखिएकी छिन् ।
जून जस्तै उज्यालो ठानेर बाबुआमाले लिम्बु भाषामा उनको नाम लानुमा राखि दिएका हुन् । पाँचथरको याङनाममा जन्मेका सुवास सन् २००२ मा बेलायती सेनाबाट अवकास पाएका थिए । त्यसको चार वर्षपछि सन् २००६ मा उनी बसोबासका लागि युके आएका हुन् । उनी यूकेमै बस्न थालेपछि लानुमाको जन्म भएको हो ।
युवावस्थामा फुटबल, बास्केटबल, पौडी खेल्ने तथा अन्य खेलहरुमा रुची राख्ने सुभास लिम्बुहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङ युकेको निवर्तमान अध्यक्ष समेत हुन् ।

'उपचारै नपाइ विदेशी भूमिमा मर्ने भएँ !'

गुरुप्रसाद चौलागाईँगुरुप्रसाद चौलागाईँ

क्वालालाम्पुर (मलेसिया)- चक्कर लाग्छ, गर्ल्याम्मै ढल्छन्। वाकवाकी लाग्छ, बान्ता गर्छन्। पीडाले मन दुख्छ, भक्कानिन्छन्। वरिपरि कोही छैनन् भने त डाँकै छोडेर रुन्छन्। अनि भाग्यलाई धिक्कार्दै आफैँ सम्हाल्निछन्।

२५ दिनअघि वैदशिक रोजगारीका लागि काठमाडौंको हिमार्ब ओभरसिजबाट मलेसिया आएका झापा पृथ्वीनगरका गुरुप्रसाद चौलागाईं यति पीडामा छन् कि भनिसाध्यै छैन। उनको पीडा सुन्ने सबैका आँखा रसाउँछन्, पीडा सुनाउँदा सुनाउँदै उनको आँखाबाट त आँशुको भेल उर्लिन्छ। उनी क्वालालाम्पुरको चौकेटस्थित एलाइड सेक्युरिटी कम्पनीमा कार्यरत छन्। आउँदा खाइलाग्दो ज्यान भएका उनी अहिले दुब्लाएर ख्याउटे भएका छन्।

यहाँ आएदेखि नै बिरामी थिए गुरुप्रसाद। साताअघि अलि बढी च्याप्यो। कम्पनी सञ्चालकलाई उपचार गर्न आग्रह गरे तर कुनै सुनुवाइ भएन। पुराना अरु साथीले पनि उपचार गर्न आग्रह गरेपछि उनलाई कम्पनीले एउटा सामान्य क्लिनिकमा पुर्याभयो। स्वास्थ्य परीक्षण गर्दा रोगले धेरै च्यापिसकेको पत्ता लाग्यो। त्यहाँ उपचार सम्भव भएन। क्लिनिकले ठूलो अस्पतालमा रेफर गर्यो् तर रोजगारदाता एलाइड सेक्युरिटी कम्पनीले उपचारका लागि अस्पताल लैजानुको साटो होस्टेलमा लगेर राखिदियो। क्लिनिकले कुन रोग लागेको छ भन्नेसम्म पनि गुरुप्रसादलाई भनेको छैन।

होस्टेलमा लगेर राखेपछि उनी तनावमा छन्। उनलाई ठूलै रोग लागेर कम्पनीले उपचार नगरेको हो कि भन्ने चिन्ताले सताएको छ। रेफर गरिएको उपचारका लागि अस्पताल लैजान आग्रह गर्दा कम्पनीले भोलि–भोलि भन्दै टार्ने गरेको उनले नागरिकलाई बताए। 'रेफर गरेको ठाउँमा उपचार गर्न लैजान भन्दा कम्पनीको बोसले भोलि–भोलि भन्दै टार्ने गरेको छ,' उनले भने, 'म त उपचार नपाएरै मर्छु होला।' उनी आफूलाई चक्कर लाग्ने, वाकवाकी लाग्ने र बान्ता हुने समस्याले सताएको बताउँछन्। सुरुमा भन्दा समस्या अहिले झन् धेरै बल्झेकोे उनको भनाइ छ। चक्कर लागेर धेरैपटक ड्युटीमा ढलेको उनी बताउँछन्। गहभरि आँशु पार्दै उनले भने, 'दिनप्रतिदिन पीडा बढ्दै गएको छ। के रोग लागेको हो भन्नेसम्म थाहा छैन। उपचार पनि गराउँदैन। म अब कसरी बाँचुँला र?'

क्लिनिकले निको पार्न नसकेको र कम्पनीले ठूलो अस्पतालमा उपचार गर्न आलटाल गर्दा उनलाई अनेक शंकाले सताउन थालेको छ। उनले चक्कर लागेर ढल्ने र बान्ता गर्ने समस्याले आफू ग्रसित भएको बताए। उनी अहिले जीवन–मरणको दोसाँधमा छन्। बिरामी भएको र कम्पनीले उपचार नगरेको खबर घरमा सुनाउँदा आमाबुबा र श्रीमती रुने गर्छन्। उनले आफू यहाँ उपचारै नपाई मर्ने अवस्थामा पुगेको घरमा सुनाउने गरेका छन्।

आफू आएको म्यानपावरलाई पनि उनले समस्या सुनाइसकेका छन्। तर, उपचार गर्ने जिम्मा आफ्नो नभएको भन्दै म्यानपावर पन्छिएको उनले बताए। 'मैले मेरो समस्या म्यानपावरलाई भनेको छु तर सुनुवाइ भएन,' उनले भने। म्यानपावरले भन्दिए कम्पनीले उपचार गराउँथ्यो कि भन्ने उनलाई लागेको छ। अर्काको देशमा उपचार नपाएर मृत्युशऒ्ढयामा छट्पटाइरहेका गुरुप्रसादले बाँच्ने आशा राख्न छाडेका छन्। उनी भन्छन्, 'उपचारै नपाए त कसरी बाँचुला र! मलाई मेरो कम्पनीले त हेरेन अरु कसले हेर्ला?'

तीन महिनाअघि बिहे गरेर धन कमाउने र बाँकी जीवन सुखशैलमा बिताउने सपना बुनेर मलेसिया आएका उनको आर्थिक अवस्था नाजुक छ। घरमा बाबुआमा, श्रीमती र भाइ छन्। कमाउने उनै एक्ला हुन्। आएको एक महिना नपुग्दै बिरामीले थला परेपछि उनलाई आफ्नो भन्दा परिवारको चिन्ताले सताउन थालेको छ। 'म मरें भने परिवारै भोकभोकै हुन्छन्,' उनले भने, 'उपचारका लागि कसैले पहल गरिदिए हुन्थ्यो। म अकालमा मर्न चाहन्न।'

उनलाई मलेसियामा नेपाली दूतावास छ भन्ने जानकारी त छ तर उनी दूतावाससम्म आफ्नो समस्या पुर्या्उनसक्ने स्थितिमा छैनन्। 'आफ्नोबारेमा समाचार पढेपछि उपचारका लागि दूतावासले पहल गरिदिन्छ कि!' उनको आशा छ।

सँगै काम गर्ने चूडामणि पोखरेलले कम्पनीको सञ्चालकलाई गुरुप्रसादको उपचार चाँडै गराउन आग्रह गर्दा 'उपचार गर्ने पैसा छैन' भन्ने जवाफ दिएको नागरिकलाई बताए। उनले गुरुप्रसाद मात्रै नभई कम्पनीले अरु नेपाली बिरामी हुँदा पनि लापरबाही गरेको बताए। उनले भने, 'उपचार गराउन आग्रह गर्दा पैसा छैन भन्छ। यसअघि अरु साथी बिरामी हुँदा पनि यस्तै गरेको थियो। गुरुको अवस्था निकै कमजोर छ। यो खबर दूतावाससम्म पुर्यानइदिनुहोला। दुतावासले केही पहल गर्दिन्छ कि!'

Shah was caught with ‘hard’ drugs

Written By Unknown on Saturday, 3 May 2014 | 01:52

Shah was caught with ‘hard’ drugsKATHMANDU, OCT 13 -
Former crown prince Paras Shah faces a tough legal battle in Thailand, informed sources in Bangkok have said, as he was caught with methamphetamine and marijuana there on Wednesday. The two arrests of him in 2012 and early 2014 in the country were for marijuana possession.


The Thai police informed the Nepali Embassy in Thailand on Monday that Shah was held with 5.8 gram methamphetamine and 9.7 gram marijuana. The message has been relayed to the Ministry of Foreign Affairs in Kathmandu.

Though the Shah family has sent a relative to Thailand to meet him and make efforts for his release, the Nepal government has made no official communication with Thai authorities on the matter, sources said.

According to the Thai Measure for Suppressing Narcotic Offenders Act, Shah’s case falls under Category 1. The law prescribes jail up to 10 years or 20,000-200,000 Baht in fine for any one caught with heroin, amphetamine, methamphetamine, MDMA (Ecstasy) and LSD.

The punishment varies for consumers and dealers. In Shah’s case the authorities have not ascertained the purpose. One faces up to 3 years in jail or a fine ranging from 10,000 to 60,000 Baht for consumption. After his first arrest, Shah was sent to a rehabilitation centre. In the second instance, he was released on bail.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nponnews - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger