nponnews: sports
Headlines News :

Test Footer

Latest Post

Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

घरेलु मैदानमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन

Written By Unknown on Tuesday, 17 March 2015 | 07:01

झण्डै १० हजार घरेलु दर्शकमाझ भारतविरुद्ध उत्रिएको नेपालले सम्मानजक प्रदर्शन गरेको छ ।  गोलरहित बराबरी खेलेपनि पहिलो लेगमा ब्यहोरेको २-० को हारका कारण विश्पकप २०१८ र एसिया कप २०१९ को प्रारम्भीक छनोट चरणबाटै बाहिरिएको छ ।
दरशथ रंगशालामा नेपालले गोल गर्ने केही राम्रो मौका पाएको थियो । तर, गोल गर्न सकेन।

घरेलु मैदानमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015
nepal vs india football 20015

भारतविरुद्ध ९० मिनेटमा दुई गोल गर्ने नेपालको लक्ष्य

Written By Unknown on Monday, 16 March 2015 | 19:16

world cup 2018 Nepal vs India second match
काठमाडौ, चैत्र २ - नेपाली राष्ट्रिय टिमका कप्तान सागर थापाले गुवहाटीमा भारतले सोचेभन्दा राम्रो खेलेको बताएका छन् । विश्वकप २०१८/एसियन कप २०१९ को प्रारम्भिक छनोटको पहिलो खेलमा नेपाल २-० ले हारेको थियो । दोस्रो तथा निर्णायक खेल मंगलबार दशरथ रंगाशालामा हुने छ र त्यसमा नतिजा उल्ट्याउने हिसाबले खेल्ने उनले बताए ।

गुवहाटीको प्रदर्शनबारे कप्तान थापाले भने, 'हामीले जसरी सोचेका थियौं भारतले त्यो भन्दा राम्रो खेल्यो । हाम्रो प्रदर्शन पनि सोचेजस्तो राम्रो भएन ।' उनले थपे, 'गुवहाटीमा जित्न सकिएन भने पनि बराबरी गर्ने र काठमाडौंमा जित हात पार्ने योजना थियो ।'

नेपालले २-३ पास पनि दुर्लभै खेलेको थियो । त्यसमा नेपालले रक्षात्मक रणनीति लिएको उल्लेख गर्दै थापाले भने, 'अगाडि काउन्टरमा मात्र जोड दिएका थियौं ।' प्रशिक्ष्ाक ज्याक स्टेफनोस्कीले घरेलु प्रतियोगितामा राम्रो लयमा रहेका सन्तोष साहुखल र अनिल गुरुङलाई बेन्चमै राख्दै यू-१७ का विमल घर्तीमगर र भरत खवासलाई पहिलो रोजाइमा अग्रपंक्तिमा खेलाएका थिए ।

एकपक्षीय खेलको दोस्रो हाफमा सुनील क्षत्रीले दुई गोल गरेपछि भारत विश्वकप छनोटको समूह चरण नजिक पुगेको हो । पेनाल्टीमा किरण चेम्जोङले बल रोकेपछि उनी ह्याटि्रकबाट चुकेका थिए । त्यही बचाउले छनोटको नेपालको आस बाँकी राखेको हो । २-० -बराबरीपछि टाइब्रेकरमा जित्न सके) वा त्योभन्दा ठूलो अन्तरको जितले मात्र नेपाल विश्वकप छनोटको समूह चरणमा पुग्ने छ । त्यसका लागि नेपाललाई लगातार सात खेलको हार र गोलविहीन यात्रामा पनि पूर्णविराम लगाउनु अनिवार्य छ ।

'अब बराबरी मात्र सोचेर भएन,' कप्तान थापाले भने, 'नतिजा उल्ट्याउर्नैपर्ने अवस्था छ, बराबरी मात्र सोचेर भएन । गुवहाटीको नतिजा उल्ट्याउने हिसाबले मंगलबार खेल्ने छौं । यसमा विश्व्ाास पनि छ ।' किरणले गरेको पेनाल्टी बचाउले नै अझै पनि केही गर्न सकिन्छ कि भन्ने आस दिलाएको उनले बताए । उनी दुई विश्वकप छनोटमा कप्तानी गर्ने पहिलो नेपाली हुन् ।

विहीबारको खेलमा अन्त्यतिर टाउकामा बलले लाग्दा केही समस्या भएको थियो । क्षणिक रूपमा स्मरणशक्ति गुमाएका उनलाई शनिबार र आइतबार आराम दिइएको टिमका फिजियो सुरज भुसालले बताए । उनका अनुसार थापा सोमबार अभ्यासमा र्फकने छन् । वैकल्पिकमा राखिएका मिडफिल्डर शिव श्रेष्ठले पनि भद्रकालीस्थित आर्मी हेडक्वाटरमा आइतबार अभ्यास गरेका छन् ।

नेपाली कप्तान सागर थापाको ‘सर्ट टम मेमोरी लस’

Written By Unknown on Friday, 13 March 2015 | 06:32

काठमाडौं,फागुन २९ । नेपाली फुटवल टिमका कप्तान सागर थापा सर्टटम मेमोरी लस अर्थात ‘अल्पकालीन स्मृति गुमाउने’ समस्यामा परेका छन् ।


नेपाली फुटवल टिमका फिजियो सुरज भुसालले घटनाको पुष्टि गरेका छन् । भुसालका अनुसार हिजो बिहिबार भारत बिरुद्ध भएको खेलमा टाउकोमा चोट लाग्दा थापामा यस्तो समस्या आएको हो ।



भारतीय खेलाडीले सागर नजिकबाट बल पास भएर जाने क्रममा टोउकोमा ठक्कर दिएका थिए ।

फिजियो भुसालले छोटो समयका लागि सम्झना गुमाउने समस्या देखिएपनि तत्काल गरिएको प्रारम्भिक उपचार तथा थप उपचारबाट स्वास्थ्य सुधार भइरहेको बताएका छन् ।

गोलनेपाल अनलाईनले भुसालको भनाइ उदृत गर्दै सुरुमा नराम्ररी चिन्तित बनाएपनि अवस्था सुधार भएको र सागरले राम्रो गरिरहेको बताएका छन् ।

भारत गुवाहाटीमा हिजो भएको खेलमा भारतसँग २ ० गोलले पराजित भएको नेपाली राष्ट्रिय टीम कोलकाता हुँदै नेपाल फर्कंदैछ । टोलि भोलि काँठमाडौं आइपुग्नेछ ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nponnews - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger