नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको तलब कति ? - nponnews
Headlines News :
Home » » नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको तलब कति ?

नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको तलब कति ?

Written By Unknown on Saturday, 14 March 2015 | 04:23

काठमाडाैँ । २४० बर्षे राजतन्त्रको अन्त्य भए पश्चात पहिलो पटक राष्ट्रपतिको पदमा २०६५ सालबाट राष्ट्रपति रहेका डाक्टर रामबरण यादव हुन् अथवा २०७० सालमा देशका ४२ औ प्रधानमन्त्रीका रुपमा रहेका सुशील कोइराला हुन् उनीहरुको बारेमा आम चासो हुनु स्वभाविक हो ।

लामो समय राजनीतिमा आफ्नो जीवन वलिदान गरेर उच्च ओहोदामा पुगेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुका बारेमा हुने टिक्का टिपणीले समाजमा स्थान हासिल गरेको हुन्छ । उनीहरुले गर्ने हरेक क्रियाकलापले समाज तथा देशको प्रतिनिधित्व गर्ने गरेको छ ।
केही दिन पहिला अमेरिकाको एउटा टेलिभिजन संस्थाले विश्वका शीर्ष राजनीतिकज्ञको तलव भत्ता तथा कमाइ बारे उल्लेख गरेको छ । जहाँ अमेरिकी राष्ट्रपति बाराक ओबामा विश्वका सवैभन्दा बढी तलव तथा भत्ता बुझ्नेको एक नम्वरमा रहेका छन् । उनले बार्षिक रुपमा ३ करोड भन्दा बढी रकम बुझ्द छन् तथा ८० लाख भन्दा बढी कर तिर्न नपर्ने रकम समेत उपलव्ध हुने गरेको छ ।
यस्तोमा सबैको चासो रहेको छ नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्त अधिकारीहरुको तलव कति हुन्छ ?
राष्ट्रपति : डाक्टर रामबरण यादव : २००४ साल माघ २२ गते धनुषमा जन्मेका यादव नेपालका पहिलो राष्ट्रपति हुन् । २०६५ साउनमा राष्ट्रपति निर्वाचित भएका उनी सरकारी निवास शीतलनिवासमा बस्ने गर्दछन् ।
आवासको सुविधा पाएका राष्ट्रपति यादवको श्रीमती जुलेखा यादको मृत्यु भइसकेको छ । हाल उनी दुई छोरा र एक छोरीको साथ सरकारी निवासमा बस्ने गर्दछन् ।
उनलाई नेपाल सरकारले तलब बापत मासिक १ लाख ९ हजार ४ सय १० उपलब्ध गराउने गरेको छ । यसका साथै उनले बिभिन्न शिर्षका थप भत्ता तथा सुविधा पाउने गरेका छन् ।
उपराष्ट्रपति : परमानन्द झा
भारतको दरबंगामा जन्म लिएका उपराष्ट्रपति परमानन्द झा २०६५ साउनबाट नेपालमा उपराष्ट्रपति रहेका छन् । सर्बोच्च अदालतका न्ययधिश समेत रहिसकेका झा मधेशीजनअधिकार फोरम का तर्फबाट उपराष्ट्रपतिको कोटामा निर्वाचित भएका हुन् ।
सरकारी आवास लाजिम्पाटमा बस्ने यादवले ७८हजार ५ सय ६० मासिक तलव बुझ्ने गरेका छन् । साथै उनले विभिन्न शिर्षकमा सेवा सुबिधा तथा भत्ताहरु पाउने गरेका छन् ।
प्रधानमन्त्री :सुशील कोइराला
२०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका कोइराला अबिबाहित नेता हुन् । सन् १९३९मा बिराटनगरमा जन्मिएका कोइरालाको पारिवारिक सदस्य कोहि पनि छैनन् ।
नेपालको ४२ औ प्रधानमन्त्रीको रुपमा रहेका उनीे सरकारी निवास बालुटारमा बस्ने गरेका छन् । गरिब प्रधानमन्त्रीको उपाधि पाएका कोइरालले आफ्नो सम्पति बिबरणमा केहि समय अगि ३ थान मोवाइ मात्र देखाएका छन् ।
सरकारले उनलाई मासिक ५६ हजार २०० तलव उपलब्ध गराउने गरेको छ । यातायात, इन्धन, बैठक, औषधिउपचार लगायतका विभिन्न शिर्षकमा भत्ता उपलव्ध हुने गरेको छ ।
त्यसै गरि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४९ हजार साथै थप भत्ता तथा अन्य सेवा सुविधा पाउने गरेका छन् ।
सरकारी स्तरमा उपलब्ध गराइने तलव (भत्ता बाहेक) :
उपप्रधानमन्त्री : ४७,४१०
मन्त्रीहरु : ४४, ३३०
प्रमुख प्रतिपक्षी दलका नेता : ४४,३३०
( नेपाल सन्देशका लागि कश्यप न्यौपाने )
Source- nepalsandesh.com
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nponnews - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger