nponnews
Headlines News :

Test Footer

Latest Post

AK संघ द्वारा दशैँ नमनाउन आग्रह,यदी कसैले मनाउदै गरेको भेटिएको खण्डमा निम्न कारवाही हुन् सक्ने चेतावानी

Written By Unknown on Wednesday, 28 September 2016 | 12:39

AK संघ  द्वारा दशैँ नमनाउन आग्रह,यदी कसैले  मनाउदै  गरेको भेटिएको खण्डमा निम्न कारवाही हुन् सक्ने चेतावानी 



यस्तो हुनेछ उड्न सक्ने कार, दुई वर्षमा बजारमा आउने

Written By Unknown on Thursday, 19 March 2015 | 21:26

ट्राफिक जाम छलेर हावामा उड्न सक्ने कारको निर्माण आविष्कारक तथा वैज्ञानिकहरुका लागि लामो समयदेखिको सपना बन्दै आएको छ । तर स्लोभाकियाका वैज्ञानिकहरुले भने अब यसलाई यथार्थमा परिणत गर्दैछन् । आगामी दुइ वर्षभित्रमा यसको व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य वैज्ञानिकहरुको छ ।
एरो मोबिल नामको यो उड्ने कार एक ट्यांक पेट्रोलबाट ४ सय ३० माइल उड्न सक्छ । यो उड्ने मात्र होइन गुड्न पनि सक्छ र पार्किङमा राख्दा यसका पखेटा खुम्च्याएर सामान्य स्वरुपमा ल्याउन सकिन्छ ।
flying car
वैज्ञानिकहरुका अनुसार यो उड्ने कारमा विद्यमान गुड्ने सवारी साधनका साथै उड्ने जहाजको प्रविधि र पूर्वाधारको सम्मिश्रण गरिएको छ । यसले घरदैलो परिवहनको ढोका खोल्ने दाबी उनीहरुको छ ।
यसमा कारमा जस्तै केही विशेषताहरु रहनेछन् । जस्तै- गाडी पार्किङ गर्ने सामान्य स्पेसमा पार्किङ गर्न मिल्नु र इन्धन भर्नका लागि पेट्रोल पम्पहरुमा चाहिएको बेला ओरालेर इन्धन भर्न सक्नु ।
एरो मोबिल कम्पनीका अनुसार यो उड्ने कारको निर्माण सकिएको छ र यो अहिले नियमित परीक्षण उडानमा रहेको छ, सन् २०१४ को अक्टोबरदेखि ।
कम्पनीका सिइओ जुराज वाकुलिकका अनुसार सन् २०१७ बाट यो कारको बिक्रि सुरु हुनेछ । कम्पनीले ड्राइभरले चलाउने मात्र नभै ड्राइभर नचाहिने अर्थात् स्वचालित उड्ने कार समेत निर्माण गरिरहेको उनले खुलासा गरे ।
कम्पनीका अनुसार यो कार ड्राइभर र यात्रु दुवैका लागि आरामदायी छ । साथै यसमा अल्ट्रालाइट र स्पोर्ट कार दुवैको क्षमताको मिश्रण रहेको छ ।
flying car's engine

कम्पनीका प्रवक्ताका अनुसार परीक्षण उडानमा रहेको एरोमोबिल कार तेश्रो चरणको उत्पादन हो । सन् १९९० देखि उड्ने कारको अनुसन्धानमा जुटेको यो संस्थाले यसअघि विभिन्न दुइवटा उड्ने कार बनाएपनि ती कारहरुको स्वरुप र क्षमताका कारण व्यवसायिक प्रयोगमा पठाउन नसकिने ठहर गर्दै थप परिस्कृत गरी तेश्रो पुस्ताको उड्ने कार निर्माण गरेको हो ।
आगामी अक्टोबर २९ मा अस्टि्रयामा आयोजना हुने पायोनियर फेस्टिभलमा कम्पनीले यो उड्ने कारलाई प्रदर्शनीमा राख्ने योजना बनाएको छ ।
कम्पनीले यो उड्ने कार सहरका सडकमा कसरी गुड्छ र उड्छ भन्ने देखाउन एक भिडियो समेत तयार गरेको छ ।
flying car
यो कारको तौल ४ सय ५० केजी रहने र यसमा दुइ जना मानिस चढ्न सक्ने कम्पनीले जनाएको छ । – डेलीमेलबाट

संगीता बस्ने घरबाटै ‘एसिड आक्रमणकारी’ पक्राउ

'पढाउन' बाेलाउँदा नमानेपछि एसिड प्रहार

६ चैत, काठमाडौं । बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् । प्रहरीले धेरै दिनकाे खाेजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका युवकलार्इ समातेकाे हाे ।
प्रहरीले घटनामा संलग्न भएकाे भन्दै जीवन बीसीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी दिनेश आचार्यले एसिड आक्रमणकारी पक्राउको पुष्टि गरेका छन् ।
उनलाई आजै बिहान ११ बजे रानीपाेखरी स्थित महानगरीय प्रहरी प्रभागमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।
फागुन १० गते एसएलसी परीक्षाको तयारीमा रहेको दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो ।
पक्राउ परेका बीसी संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने युवक हुन् । संगीताले प्रहरीलाई दिएको बयानमा पनि आफ्नै घरमा बस्ने जीवनले आफूलाई बेलाबेला जिस्काउने गरेको बताएकी थिइन् ।
संगीताकी आमाका अनुसार सुरुमा जीवनले संगीतासहित घरमा भएकाहरुलाई पढाउने भनेका थिए । केही दिन पढेपछि संगीताले जान मानिन् । त्यसपछि जीवनले बेलाबेला संगीतालार्इ जिस्काउने गरेका थिए ।
संगीताले त्यसबारे घरमा भनेपछि उनको परिवारले जीवनको परिवारलाई त्यसबारे सजगसमेत गराएका थिए ।
बसन्तपुरको झोछेँ स्थित एप्लस ट्युसन सेन्टरमा शिक्षकलाई पर्खिरहेको अस्वस्थामा फागुन १० गते किशोरीहरुमाथि एसिड आक्रमण भएको थियो ।
एसिड आक्रमणमा संगीता र सीमा बस्नेत घाइते भएकी छिन् । केएमसी अस्पतालमा उपचाररत संगीताको अवस्था केही गम्भीर छ । उनी सहयोगीमार्फत एसएलसी परीक्षा दिइरहेकी छन् ।
वीर अस्पतालमा उपचाररत सीमाले भने आफैंले परीक्षा दिइरहेकी छन् ।

कामदारबारे बुझ्न संसदीय टोली मलेसियामा

Written By Unknown on Tuesday, 17 March 2015 | 19:00

  • अविलम्ब श्रम सम्झौता गर्न सुझाव
क्वालालम्पुर, चैत्र ४ - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र मलेसियास्थित नेपाली संघसंस्थाका प्रतिनिधिबीच सोमबार अन्तर्क्रिया भएको छ । सभापति प्रभु शाहको नेतृत्वमा आएको टोलीलाई मलेसिया सरकारसँग यथासक्य चांडो श्रम सम्झौताका लागि पहल थाल्न सुझाव दिएको छ ।

'श्रम सम्झौता नहुंदा पीडित नेपालीको समस्या समाधान गर्न र उनीहरुका पक्षमा लड्न समेत समस्या भइरहेको छ,' कार्यक्रममा सहभागीहरु अधिकांशको भनाइ थियो 'त्यसैले सबभन्दा पहिले त श्रम सम्झौता गर्नुपर्‍यो । त्यसपछि अन्य समस्या यसैअन्तर्गत समाधान हुंदै जान्छ ।' भ्रमण विवादमा परेपछि त्यसलाई उपलब्धिमूलक बनाउन उनीहरुले प्रयास गरिरहेको दूतवाासका कर्मचारीहरुले जानकारी दिएका छन् ।

उनीहरु आफ्नै खर्चमा बसेको भनिए पनि भ्रमण के कस्तो तवरले भएको भन्नेमा दूतावासले अनभिज्ञता ब्यक्त गरेको छ । 'उहाँहरु आउनु भएको छ । जानकारी लिनु भएको छ । के कस्तो खर्चमा आउनु भयो त्यो जानकारी भएन । होटमा बस्नु भएको छ । खर्च उहाँहरुले नै ब्यहोर्नु होला यसबारेमा जानकारी भएन' राजदूत निरन्जनमान सिंह बस्न्यातले कान्तिपुरसंग टेलिफोनमा बताए ।

टोलीलाई दुतावासमा कर्मचारी कम भएकाले पनि सेवा दिन ढिलाई एवं कठिनाइ भइरहेकोबारे समेत अवगत गराइएको थियो । अधिकांश नेपाली मलेसिया आउनुअघि नेपालदेखि नै ठगिने गरेको, मलेसिया आइसकेपछि सम्झौता अनुसार काम, तलबसुविधा नपाउने र कानुनी हैसियत गुमाउने गरेको भन्दै कामदार असुरक्षाबारे समेत जानकारी गराइएको थियो । टोलीमा समितीका बलबहादुर केसी, सोमप्रसाद पाण्डेय, भरत बहादुर खडा, कमलादेवी शर्मा, जितेन्द्र नारायण देव, सचीव शान्तकुमार तुलाधर, रमेश कोइराला लगायत छन् ।

परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड््ड्यन मन्त्रालयको कामकारबाही समेत हेर्ने अधिकार पाएको यो समितीको टोली अध्ययन भ्रमणका क्रममा मलेसिया आएको यो पहिलोपटक हो । टोलीले नेपाली दुतावासको कार्यालय, सेवा प्रणाली र व्यवस्थापकीय अवस्थाको अवलोकन गर्नुका साथै केही सेवाग्राही नेपालीसित उनीहरुको समस्याबारे बुझेको थियो । ती सेवाग्राहीले सम्झौता अनुसार काम र तलबसुविधा नदिइएपछि आफु कम्पनी छाडेर भाग्न बाध्य भएको उनीहरुलाई बताए ।

नेपाल र मलेसियाबीच स्न २००७ देखि नै श्रम सम्झौता गर्ने पहल भएपनि हालसम्म यस मुद्दाले सफलता पाउन सकेको छैन । श्रम सम्झौता नहुंदा नेपाली कामदार धेरैखाले समस्यामा पर्दै आएका छन् । मलेसियामा कार्यरत नेपालीका समयमा तलब नपाउने, काम र तलबसुविधा फरक पर्ने, सम्झौताविपरित काम लगाउने, विभिन्न शीर्षकमा रोजगारदाताले तलब काट्ने, सामान्य कारण पनि स्वास्थ्य परिक्षणमा अयोग्य देखिने, दुर्घटना हुंदा बिमा नपाउने, सुतेकै अवस्थामा मृत्यु हुने, होस्टल व्यवस्थित नहुने र कामदार लुटिने, पिटिने लगायत अनेक समस्याहरु देखिने गरेका छन् ।

टोलीले मलेसियाका सरकारी निकायका अधिकारीहरुसित समेत भेटघाट गर्दैछ । उक्त भेटघाटमा श्रमसम्झौता, नेपाली कामदारका समस्याबारे छलफल समेत गरिने टोलीका समितिका सभापति प्रभु साहले जानकारी दिए । 'हामीले तपाईंहरुबाट लिइएको यी यावत समस्याबारे मलेसियाको सरकारी निकायसित छलफलमा राख्नेछौं ।' सभापति साहले भने 'त्यसपछि यी समस्या समाधानका लागि नेपालमा मन्त्रालयमा राख्छौं । हामी काम गर्छाैं ।'

यसअघि पनि नेपाल मानवअधिकार आयोगदेखि श्रम मन्त्रालयका अधिकारीहरुसमेत मलेसिया भ्रमणमा आएका थिए । तर उपलब्धि हासिल गराउन नसक्दा मलेसियास्थित नेपालीले उनीहरुको आलोचना गर्ने गरेका छन् । नेपाली कामदारको अवस्था र समस्याबारे बुझ्न पटक पटक सरकारी निकायका अधिकारी आउने गरेपनि मलेसियामा नेपाली कामदारका पक्षमा खासै उपलब्धि हासिल हुन सकेको छैन । तीन दिने अध्ययन भ्रमणपछि या यो टोलीले प्रतिवेदन तयार पारी मन्त्रालयलाई सल्लाह दिनेछ । दुतावासमा भएको अन्तरक्रियामा यहांस्थित नेपाली संघसंस्थाका प्रतिनिधी, व्यवसायी, श्रमिक र संचारकर्मी सामेल थिए ।

Class Eight student Riwaj Shrestha built "aircraft"

Class Eight student Riwaj Shrestha demonstrating his "drone" aircraft in front of hundreds at the Embassy Road Show in Baglung.
He was inspired by the movie "Three Idiots," in which a student builds a drone for a class project. Since then, he aspired to do the same.Great job, Riwaj!

Class Eight student Riwaj Shrestha built "aircraft"

Class Eight student Riwaj Shrestha built "aircraft"
Add caption
Class Eight student Riwaj Shrestha built "aircraft"

Class Eight student Riwaj Shrestha built "aircraft"



बालिका बलात्कारीलाई ३५ वर्ष जेल

२ लाख रुपैयाँ क्षतिपूर्ति दिन अदालतको आदेश
सुभाषप्रसाद साह
३ चैत, बारा । कलैयाकी ७ बर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा बारा जिल्ला अदालतले कन्हैया गुप्तालाई सर्वश्वसहित ३५ बर्ष कैद सजाय सुनाएको छ ।
यधीश लिप्तबहादुर थापा क्षेत्रीको एकल इजलासले कलैया-४ का २८ बर्षीय गुप्तालाई दोषी ठहर गर्दै दुई लाख क्षतिपुर्ति भराउन आदेश दिएको छ । आफ्नो छोरीको हत्यारालाई अदालतले कारवाही गरेकोमा मृतककी बुवा बद्रीनारायणले खुसी व्यक्त गरेका छन् ।
बालिका बलात्कारीलाई ३५ वर्ष जेल
प्रहरी नियन्त्रणमा कन्हाइ गुप्ता

अदालतले गुप्तालाई जबरजस्ती करणी गरेको ठहर गर्दै १५ बर्ष कैद र पीडित परिवारलाई दुईलाख क्षतिपुर्ति भराउन भनेको छ । कर्तब्य ज्यानको अभियोगमा सर्वश्वसहित २० बर्ष कैद सजायको फैसला भएको बारा जिल्ला अदालतका श्रेष्तेदार रोशन भट्टराईले बताए ।
बारा जिल्ला अदालतले मुद्धाको संवेदनशीलतालाई मध्यनजर गर्दै बलात्कारको मुद्धालाई लगातार सुनुवाई प्रक्रियामा लगेर एक दिनमै फैसला गरेको श्रेष्तेदार भट्टराईले बताए । उनका अनुसार अभियुक्तले कसुर स्वीकार गरेकोले कर्तव्य ज्यान मुद्दामा समेत दिन फैसला गरेको हो ।
गत फागुन ८ गते हराएकी कलैया-८ निवासी बद्रीनारायण साहकी ७ बर्षीया छोरीको बलात्कारपछि हत्या भएको थियो । ९ गते बिहान श्री ३ चन्द्र उच्च माविको दक्षिण पटि बलात्कारपछि अचेत अवस्थामा फेला परेकी उनको उपचारका क्रममा २५ गते मृत्यु भएको थियो ।

बलात्कारीलाई कारवाहीको माग गर्दै कलैयासहित देशका विभिन्न संस्थामा प्रदर्शन भएको थियो ।

घरेलु मैदानमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन

झण्डै १० हजार घरेलु दर्शकमाझ भारतविरुद्ध उत्रिएको नेपालले सम्मानजक प्रदर्शन गरेको छ ।  गोलरहित बराबरी खेलेपनि पहिलो लेगमा ब्यहोरेको २-० को हारका कारण विश्पकप २०१८ र एसिया कप २०१९ को प्रारम्भीक छनोट चरणबाटै बाहिरिएको छ ।
दरशथ रंगशालामा नेपालले गोल गर्ने केही राम्रो मौका पाएको थियो । तर, गोल गर्न सकेन।

घरेलु मैदानमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015

nepal vs india football 20015
nepal vs india football 20015

समलिङ्गी विवाहित महिला मृत भेटिए

Written By Unknown on Monday, 16 March 2015 | 20:09

नेपालगन्ज, चैत्र ३ - नेपालगन्ज-१६ बेलासपुरमा  सगै बस्दै आएका दुई  बिबाहीत महिला मध्ये  सरिता शाही सोमबार मृत अवस्थामा फेला परेकी छिन । एक बर्ष अघि गीता मल्ल र सरिता शाहीले नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा बिहे गरेका थिए ।

बिहेपछि डेरामा सगै बस्दै आएका दुईबीच केही महिना देखि आपसमा झगडा हुँदै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले  हत्याको शंकामा गीतालाइ पक्राउ गरेको छ । तर गीताले कोठमा सगै सुतेका बेला सरिताले झुण्डीएर आत्म हत्या गरेको  प्रहरीलाइ बताएकी छिन । मृतक युयतीको घाँटिमा डोरीको डाम र  निधारमा चोट  देखिन्छ ।

'संवादमा नआए प्रक्रिया’ कांग्रेस-एमाले निष्कर्ष

'संवादमा नआए प्रक्रिया’ कांग्रेस-एमाले निष्कर्षकाठमाडौ, चैत्र ३ - सत्तारूढ कांग्रेस र एमालेले एमाओवादीसहित विपक्षी मोर्चा आन्दोलन छाडेर संवादमा नआए संविधानसभाको स्थगित प्रक्रिया अघि बढाउने निधो गरेका छन् । संविधानसभाको बैठक अनिश्चितकालका लागि रोकेर वार्ता प्रक्रिया अघि बढिरहेका बेला आन्दोलन घोषणाले सहमतिलाई झन् बिथोल्ने काम गरेको दुई दलको निष्कर्ष छ ।

एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सोमबार साँझ बसेको झन्डै साढे दुई घण्टा लामो बैठकलेे अझै पनि आन्दोलन स्थगित गरेर वार्तामा आउन विपक्षीहरूको ध्यानाकर्षण गराएको छ ।

आन्दोलन राष्ट्रहितमा नरहेको भन्दै सहमतिबाटै संविधान जारी गर्ने प्रक्रियाका लागि वार्ता र संवादमा र्फकन दुई दलले आग्रह गरेका हुन् ।

'विपक्षी मोर्चा आन्दोलनको सुरुङभित्र पस्ने हो भने हामी पनि संविधानसभाको प्रक्रियाभित्र प्रवेश गर्छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कान्तिपुरसँग भने, 'एमाओवादीसहितको विपक्षी मोर्चाले घोषणा गरेको आन्दोलन कुनै हालतमा राष्ट्रहितमा नभएकाले स्थगित गरी संवादलाई निरन्तरता दिन अपिल गरेका हौं ।'

विपक्षी मोर्चाले सोमबार आमहडतालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

दुई दलको बैठकले संविधानसभाबाटै संविधान जारी गर्नका लागि जनमत बनाउन सबैमा अपिलसमेत गरेको छ । एमाले प्रमुख सचेतक अग्नि खरेलले विपक्षी मोर्चालाई आन्दोलन स्थगित गरेर संवादमा आउन अपिल गरे पनि अब प्रक्रिया पनि अघि बढ्ने जनाए । विपक्षीले आन्दोलन र वार्ता सँगै लैजाने निर्णय गरेका छन् । 'हामी पनि प्रक्रिया र वार्तालाई सँगसँगै अघि बढाउँछौं,' प्रमुख सचेतक खरेलले भने ।

विपक्षी मोर्चाले आन्दोलनलाई प्राथमिकतामा राखेको र जनतालाई देखाउनका लागि मात्रै वार्ता भनिरहेको निष्कर्ष दुई दलको छ । त्यसैले अब प्रक्रिया अघि बढाउन सभाध्यक्षलाई आग्रह गर्ने निचोडमा पुगेको ती दलका नेताले बताए ।

दुई दलको बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्ण सिटौला, मन्त्रीद्वय नरहरि आचार्य र महेश आचार्य थिए । एमालेबाट अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, उपमहासचिव विष्णु पौडेल र प्रमुख सचेतक खरेल थिए । सोमबार दिउँसै कांग्रेस र एमालेका प्रमुख सचेतकले नेम्वाङलाई भेटेर प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए । विपक्षी मोर्चाको आग्रहका कारण संविधानसभाको प्रक्रिया माघ २९ देखि स्थगित छ । प्रक्रिया स्थगित हुनु अघिदेखि नै प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि अपिल गरेका थिए ।

प्रक्रिया स्थगित गरे वार्तामा बस्न सक्ने संकेत विपक्षीले दिएपछि संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्न सत्तारूढ दल पनि तयार भएका थिए ।  बैठक स्थगित भएको अवस्थामा दलहरूबीच अनौपचारिक वार्ता मात्र भए र विषय प्रवेश गरेर औपचारिक छलफल नै भएन । यही बीचमा विपक्षी मोर्चाले राजधानीमा ठूलो प्रदर्शनसहितको कार्यक्रमसमेत गरेको थियो । आइतबार दोस्रो चरणका आन्दोलन घोषणा गर्नुअघि पनि प्रधानमन्त्रीले विपक्षी मोर्चाका नेताहरूलाई हतार नगर्न आग्रह गरेका थिए ।

भारतविरुद्ध ९० मिनेटमा दुई गोल गर्ने नेपालको लक्ष्य

world cup 2018 Nepal vs India second match
काठमाडौ, चैत्र २ - नेपाली राष्ट्रिय टिमका कप्तान सागर थापाले गुवहाटीमा भारतले सोचेभन्दा राम्रो खेलेको बताएका छन् । विश्वकप २०१८/एसियन कप २०१९ को प्रारम्भिक छनोटको पहिलो खेलमा नेपाल २-० ले हारेको थियो । दोस्रो तथा निर्णायक खेल मंगलबार दशरथ रंगाशालामा हुने छ र त्यसमा नतिजा उल्ट्याउने हिसाबले खेल्ने उनले बताए ।

गुवहाटीको प्रदर्शनबारे कप्तान थापाले भने, 'हामीले जसरी सोचेका थियौं भारतले त्यो भन्दा राम्रो खेल्यो । हाम्रो प्रदर्शन पनि सोचेजस्तो राम्रो भएन ।' उनले थपे, 'गुवहाटीमा जित्न सकिएन भने पनि बराबरी गर्ने र काठमाडौंमा जित हात पार्ने योजना थियो ।'

नेपालले २-३ पास पनि दुर्लभै खेलेको थियो । त्यसमा नेपालले रक्षात्मक रणनीति लिएको उल्लेख गर्दै थापाले भने, 'अगाडि काउन्टरमा मात्र जोड दिएका थियौं ।' प्रशिक्ष्ाक ज्याक स्टेफनोस्कीले घरेलु प्रतियोगितामा राम्रो लयमा रहेका सन्तोष साहुखल र अनिल गुरुङलाई बेन्चमै राख्दै यू-१७ का विमल घर्तीमगर र भरत खवासलाई पहिलो रोजाइमा अग्रपंक्तिमा खेलाएका थिए ।

एकपक्षीय खेलको दोस्रो हाफमा सुनील क्षत्रीले दुई गोल गरेपछि भारत विश्वकप छनोटको समूह चरण नजिक पुगेको हो । पेनाल्टीमा किरण चेम्जोङले बल रोकेपछि उनी ह्याटि्रकबाट चुकेका थिए । त्यही बचाउले छनोटको नेपालको आस बाँकी राखेको हो । २-० -बराबरीपछि टाइब्रेकरमा जित्न सके) वा त्योभन्दा ठूलो अन्तरको जितले मात्र नेपाल विश्वकप छनोटको समूह चरणमा पुग्ने छ । त्यसका लागि नेपाललाई लगातार सात खेलको हार र गोलविहीन यात्रामा पनि पूर्णविराम लगाउनु अनिवार्य छ ।

'अब बराबरी मात्र सोचेर भएन,' कप्तान थापाले भने, 'नतिजा उल्ट्याउर्नैपर्ने अवस्था छ, बराबरी मात्र सोचेर भएन । गुवहाटीको नतिजा उल्ट्याउने हिसाबले मंगलबार खेल्ने छौं । यसमा विश्व्ाास पनि छ ।' किरणले गरेको पेनाल्टी बचाउले नै अझै पनि केही गर्न सकिन्छ कि भन्ने आस दिलाएको उनले बताए । उनी दुई विश्वकप छनोटमा कप्तानी गर्ने पहिलो नेपाली हुन् ।

विहीबारको खेलमा अन्त्यतिर टाउकामा बलले लाग्दा केही समस्या भएको थियो । क्षणिक रूपमा स्मरणशक्ति गुमाएका उनलाई शनिबार र आइतबार आराम दिइएको टिमका फिजियो सुरज भुसालले बताए । उनका अनुसार थापा सोमबार अभ्यासमा र्फकने छन् । वैकल्पिकमा राखिएका मिडफिल्डर शिव श्रेष्ठले पनि भद्रकालीस्थित आर्मी हेडक्वाटरमा आइतबार अभ्यास गरेका छन् ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nponnews - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger